माओवादी कोशी प्रदेश संसदीय दलको बैठक बस्दै

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक १० बजे बस्ने भएको छ ।

दिउँसो १ बजे कोशी प्रदेशका मुख्यमन्त्रीले हिक्मत कार्कीले विश्वासको मत लिनका लागि संसद्को बैठक आव्हान भएपछि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

विश्वासको मत नदिने सम्बन्धी रणनीति बनाउने विषयमा संसदीय दलको बैठक बस्न लागेको कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री तथा माओवादीका प्रदेश सभा सदस्य दुर्गाप्रसाद चापागाईँले बताए ।

उनले हिक्मत कार्कीले विश्वासको मत नपाउने बताए । कोशी प्रदेशमा सरकार बाहिर रहेका दलहरूका बिचमा यो सरकारलाई विश्वासको मत नदिने सहमति भएको बताए । उनले भने, ‘यस अघि नै बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको छ । यो सरकारले विश्वासको मत पाउँदैन ।’

कोशी प्रदेश सभामा माअ‍ोवादीको सभामुख सहित १३ सिट रहेको छ । नेपाली काँग्रेसको २९, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ ।

विपक्षी गठबन्धनको सबै सदस्य गन्दा सभामुख बाहेक ४६ सिट मात्रै पुग्ने छ । बराबरी मत भएको अवस्थामा सभामुखले विश्वासको मत दिने की नदिने विषयमा विवाद रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *