काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटारको जग्गा प्रकरणमा आरोप लगेका पूर्वप्रधानमन्त्रीहरुलाई संसदमै स्पष्टीकरण सोध्न माग गरेका छन्।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मन्त्री र पूर्वपदाधिकारीहरुलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गराउन माग गरे।
उनको भनाइ जस्ताको तस्तैः
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा १४३ रोपनी ६ आना १३ अर्ब ७६ करोड रुपैयाँ बराबरको हिनामिनामा केही पूर्व अधिकारीहरु पक्राउ परेको छन्। २०७८ पुष ६ गते जग्गा हिनामिनाका आरोपी २२० जना विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएकोमा सरकारी वकिल कार्यालयले ४ दिनपछि अनुसन्धान नटुङ्गिएको भन्दै फिर्ता पठाएको थियो। गिरोहले २०४९ सालदेखि २०६६ सालसम्म सरकारी जग्गा व्यक्तिको जग्गा बनाई बिक्री वितरण गर्ने काममा सरकारका पूर्वप्रधानमन्त्री मन्त्रीसमेतको सहभागिता भएको सार्वजनिक भएको थियो। यस बिषयमा संसद सदस्यसमेत भएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदमै स्पष्ट गराउँन लगाउँन जरुरी छ। अरु पूर्वप्रधानमन्त्री र अधिकारीहरुलाई सार्वजनिक लेखा समितिमार्फत ध्यानाकर्षण गराउनुपर्छ।

Leave a Reply