दाइजो नपुगेको भन्दै विवाह रद्द गर्न खोज्ने ग्रीन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।

नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको र बेहुलीलाई गालीसमेत गरेको प्रहरीले जनाएको छ।

 

Comments

One response to “दाइजो नपुगेको भन्दै विवाह रद्द गर्न खोज्ने ग्रीन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ”

  1. अनुज कशैधन Avatar

    पढेलेखेका मद्धेशी समाजको कलङ्क 🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *