काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मालपोतका तीन पूर्व कर्मचारीले स्टे अर्डर लिएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले उनीहरुलाई छाड्ने तयारी गरेको छ ।
डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भुपेन्द्रमणी केसीले पक्राउ परेपछि स्टे अर्डर देखाएका हुन् ।
आफूहरुलाई पक्राउ नगर्न माग गर्दै यसअघि उनीहरुले अदालतसँग आदेश लिएको खुलेको हो । प्रहरीले यो प्रकरणमा भाटभटेनीका सन्चालक मिनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई मंगलबार पक्राउ गरेको थियो ।

Leave a Reply