अदालतको अवहेलनामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मंगलबार लिखित जवाफ मागेको हो ।

यसअघि सरकार र अदालतलाई आफूले नमान्ने बरु कारबाही भोग्न तयार रहेको अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन्।

Comments

One response to “अदालतको अवहेलनामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    बालेन्द्र साह तेलीलाइ मिडियाले किन शाह बनाउँदै छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *