कर्णालीमा असार १५ गते सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते कर्णाली प्रदेशको जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

२०७९ चैत २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले १५ असारमा धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव निधिराज न्यौपानेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *