पाकिस्तानविरुद्धकाे खेलमा अन्जन विष्ट बेन्चमा

काठमाडौं। भारतमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा केहीबेरमा पाकिस्तानसँग खेल्दै छ। नेपालले यो खेलमा भिड्नुअघि नै पहिलो चरण पार नगर्ने पक्का भइसकेको छ।

पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग २-० गोलले निराश भएको थियो। पाकिस्तानविरुद्ध स्टार खेलाडी अन्जन विष्टलाई सुरुवाती-११ मा समावेश गरिएको छैन।

उनी घाइते छन्। नेपालको सुरुवाती-११ मा किरणकुमार चेम्जोङ, अनन्त तामाङ, लाकेन लिम्बु, एरिक विष्ट, विमल घर्तिमगर, आयुष घलान, आवास लामिछाने र देवेन्द्र तामाङ छन्। यस्तै सनिस श्रेष्ठ, मनिष डाँगी र रोहित चन्दले पनि सुरुवातबाटै खेल्दैछन्।

पाकिस्तान पनि अघिल्ला दुवै खेलमा समान ४(० गोलको नतिजामा पराजित भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *