जलहरी छानबिन गर्न एमाले तयार छ, राष्ट्रपतिको संयोजकत्वमा समिति बनाऔं : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानबिन समिति बनाए राष्ट्रपतिलाई छानबिन समितिको संयोजक बनाउन प्रस्ताव गरेका छन् ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको जलहरीमा पूर्वराष्ट्रपति र पूर्व प्रधानमन्त्रीलाई मुछ्‌ने काम भएको भन्दै वर्तमान राष्ट्रपति संयोजक र प्रधानमन्त्री र संस्कृति पर्यटन मन्त्रीलाई सदस्य बनाएर तीन सदस्यीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन् ।

यस विषयमा संसदीय छानविन समिति गठन गर्न एमाले तयार रहेको भन्दै उनले समितिमा सांसदहरू नभएर संसदको अभिन्न अंगको रूपमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीलाई सहभागी गराउनुपर्ने जिकिर गरे । सरकारी तवरबाट निर्माण हुने कामहरूमा पहकदमी लिने र शिलान्यास गर्नेको नाम राख्ने गरिएको भन्दै जलहरी बनाउँदा पनि ताम्रपत्रमा पूर्वराष्ट्रपति र प्रधानमन्त्रीको नाम राख्नु स्वाभाविक भएको बताए ।

‘केही विषयमा एमालेलाई नियोजित रूपमा मुछेर मुलुकको ध्यान अन्यत्रै मोड्ने काम भएको छ’, भट्टराईको दाबी छ ।

त्यस्तै सचिव भट्टराईले ललिता निवास प्रकरणमा पनि एमालेलाई बद्नाम गर्न खोजिएको भन्दै कोही पनि एमाले नेताले गढबढी गरेको पुष्टि भए पार्टीले कारबाही गर्ने प्रष्ट्याए ।

Comments

One response to “जलहरी छानबिन गर्न एमाले तयार छ, राष्ट्रपतिको संयोजकत्वमा समिति बनाऔं : योगेश भट्टराई (भिडिओ)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    यो गठबन्धनको तल्लो स्तरको political provoke मात्र हो यदि त्यसमा गल्ती कमजोरी भएको रहेछ भने नेकपा एमालेका सदस्यहरूले पाइपाइ चुकाउन तयार छन है कमरेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *