हेटौँडा । बागमती प्रदेशसभामा रिक्त रहेको पाँचवटा समिति निर्माण भएको छ । आज बसेको प्रदेशसभा बैठकले पाँचवटा समिति निर्माण भएको हो ।
प्रदेशसभामा रहने प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समितिमा सहभागि प्रदेशसभाका सभासदहरुको नाम प्रदेशसभा सभामुख भुवन पाठकले पढेर सुनाएका थिए ।
प्रदेशसभाको समितिमा सबै दलको समर्थन रहेपछि आजको पहिलो बैठक अपरान्ह ४ बजेसम्मको लागि स्थगित भएको छ ।


Leave a Reply