संयुक्त राष्ट्र संघका उपमहासचिव नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघका उपमहासचिव आज नेपाल आउँदैछन् । राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन ।

उपमहासचिव ल्याक्रोइक्सको भ्रमण कार्यसूची अनुसार उनले यस भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउद लगायतसँग शिष्टाचार भेट गर्नेछन् ।

यसै गरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंसा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा भने नेपाल पहिलो नम्बरमा छ । जसका कारण पनि नेपाल शान्ति स्थापनार्थको मुद्दामा अग्रणी भूमिका खेलेको भन्दै राष्ट्र संघले उच्च प्रशंसा गर्दै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *