गौशाला २६ लाई सरकारी कोषबाट एकलाख रुपैयाँ दिन जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेट सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । आज अदालतका न्यायधीस प्रकाशप्रसाद पण्डितको इजलासले सो आदेश दिएको हो ।

अदालत स्रोतका अनुसार उपचार खर्चवापत १ लाख रुपैयाँ सरकारी कोषबाट दिलाउन आदेशमा भनिएको छ । गौशाला २६ ले भने करिब ३६ हजारको मात्रै बिल पेश गर्न सकेकी थिइन् । उनले मनोपरामर्शदातासँग प्रत्येक भिजिटको ३ हजारको दरले १० भिजिटको ३० हजार र औषधि उपचारको ६ हजार रुपैयाँ खर्च देखाएकी थिइन् ।

यस सम्वन्धमा अदालतले नर्भिक अस्पतालका चिकित्सकको रिपोर्टसमेत मगाएको थियो । उक्त रिपोर्टमा अस्पतालको मेडिकल कन्सल्टेसनको १ हजार र काउन्सीलिङको १५ सय शुल्क लाग्ने जनाएको थियो ।

अदालतले भने पिडितले मागेको भन्दा बढी क्षतिपूर्ति भराउन आदेश दिएको हो । यसअघि गौशला २६ ले सन्दीपबाट एक मुष्ट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन् ।

त्यसलाई भने अदालतले अस्वीकार गरेको थियो । अहिले अदालतको आदेश दिएको अन्तरिम क्षतिपूर्ति भने सरकारी कोषबाट भराउनुपर्ने हुन्छ ।

 

Comments

One response to “गौशाला २६ लाई सरकारी कोषबाट एकलाख रुपैयाँ दिन जिल्ला अदालतको आदेश”

  1. Ram Kaji Dangol Avatar
    Ram Kaji Dangol

    गौशाला २६ लाई सरकारी कोषबाट एकलाख रुपैयाँ दिन जिल्ला अदालतको आदेशको सिधा अर्थ उनी जवरजस्ती करणीको कसुरबाट पिडित भएको कुरा अदालतले स्वीकार गर्यो ।
    के अब संदिपलाइ जेल पठाउला? हेर्न बाँकी छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *