रुसी सेनामा नेपाली भर्तीबारे परराष्ट्रमन्त्री साउद- अनुमति दिने सरकारको कुनै नीति छैन (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विदेशी सेनामा नेपालीहरुको भर्तीबारे सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै केही मित्रराष्ट्रहरूसँग विगतमा गरिएका समझदारीबाहेक अन्य देशको सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नभएको बताए ।

उनले भने, ‘सामाजिक सञ्जाल र केही अनलाइनहरूमा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ती भएका भन्ने समाचारहरूको ध्यानाकर्षण भएको छ । विदेशी सेनामा नेपालीहरूको भर्ती सम्बन्धमा नेपालले केही मित्रराष्ट्रहरूसँग विगतमा गरिएका समझदारीअनुरूप परम्परागतरूपमा त्यहाँको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू हुँदै आएकोमा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धमा सरकारको कुनै नीति नरहेको जानकारी गराउँछु ।’

रुसी फौजमा नेपाली युवाको भर्तीको विषय नेपाल प्रेसले उजागर गरेको थियो ।

यो पनि पढ्नुहोस् :

युक्रेन युद्धसँगै सैनिक भर्तीबारे पुटिनको त्यो निर्णय- यसरी प्रवेश गर्दैछन् रुसी फौजमा नेपाली युवा (भिडिओ) 

दूतावासको ताकेता लत्याउँदै नेपाली युवा धमाधम रुसी फौजमा ! (भिडिओ) 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *