भ्रष्टाचारविरुद्ध सरकार कठोर ढंगले लागेको छ : उपप्रधानमन्त्री खड्का (भिडिओ)

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले संसदलाई एकताबद्ध बनाएर नयाँ ढंगले अघि बढ्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सरकारले संसदको सुझावलाई अनुसरण गर्दै अघि बढ्ने बताए।

उनले भने, ‘सरकारले संसदको सल्लाहलाई ग्रहण गर्दै नविन तरिकाले कुसंस्कार, भ्रष्टाचार, अनियमितता, कुशासनहरूलाई कठोर तरिकाले सम्बोधन गर्दै जनतामा आएको निराशालाई आशामा रूपान्तरण गर्न सरकार प्रतिबद्ध छ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको परिवर्तनलाई औलो ठड्याउन खोज्नेविरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *