एमालेको गढमा अशोक राईलाई छाडेपछि विद्रोह गरेका धरानका पूर्वमेयर मेन्याङ्बो बालकोटमा, घर फर्किने तयारी

विराटनगर । मंसिर ४ को निर्वाचनमा जसपाका अशोक राईलाई छाडेपछि बागी उठेका धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बो एमाले फर्किने तयारीमा रहेका छन् । उनले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका छन् ।

बालकोटमा अध्यक्ष ओलीसँग सकारात्मक कुराकानी भएको मेन्याङ्बोले बताए ।

‘पार्टीमा सक्रिय भूमिकाको बारेमा मैले कुरा गरेँ । अध्यक्षज्यू सकारात्मक देखिनुभएको छ’, उनले नेपाल प्रेससँग भने ।

मेन्याङबो यसअघि एमाले कोशी प्रदेश कमिटी सदस्य थिए ।

२०४८ सालदेखि २०६४ बाहेक सधैँ एमालेले जितेको सुनसरी १ मा जसपाका अशोक राईलाई छाडेपछि उनले विद्रोह गरेका थिए । उनले ७ हजार ८१२ मत पाएका थिए । मनोजको विद्रोहमा एमालेका केही स्थानीय नेता कार्यकर्ताले समेत साथ दिएका थिए । मेन्याङ्बोसहित केही नेता कार्यकर्ता एमालेबाट कारबाहीमा परेका छन् । उनीमाथिको कारबाही भने फुकुवा गरिसकिएको छैन ।

Comments

One response to “एमालेको गढमा अशोक राईलाई छाडेपछि विद्रोह गरेका धरानका पूर्वमेयर मेन्याङ्बो बालकोटमा, घर फर्किने तयारी”

  1. ksp pyl Avatar
    ksp pyl

    सबैले गर्नुपर्ने यहि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *