काठमाडौं । पशुपतिनाथको जलहरी निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार जलहरी निकालेको हो ।
आयोगको टोलीले जलहरीमा प्रयोग भएको सुनको मात्रा नाप तौल गर्न जलहरी निकालेको हो ।
जलहरीको सुन टोलीले मन्दिर परिसरमा जोख्ने जनाएको छ । त्यस क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने सीसीटीभी जडान गरिएको छ । जलहरीमा जडित सुनको विषयमा विवाद उत्पन्न भएपछि अख्तियारले नाप जाँच गर्न लागेको हो ।


Leave a Reply