रुपन्देही । मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा असार १४ गतेदेखि लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिता हुने भएको हो। आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले बताए।
रामनगर स्थित कालिका मानव ज्ञान माबिमा १३ देखि १७ गतेसम्म हुनेछ। चैत २३ गतेबाट अन्तर्रास्ट्रिय खेलकुद दिवसको दिन अभियान शुरु गरेर निरन्तर देशका सातै प्रदेशमा खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरु गरेको उनले बताए। खेल र खेलाडीलाई ब्यवसायिक बनाउने लक्ष्यसहित प्रतियोगिता गर्दै आएको उनले बताए।
राष्ट्रिय टेबलटेनिस, फुट कन्ट्याक कराँते, बास्केटबल खुल्ला प्रतियोगिता, सुर्खेतमा रेस्लिङ प्रतियोगिता, झापामा कराँते प्रतियोगिता हुँदै समापनका रुपमा लुम्बिनीमा भलिबल गर्न लागेको उनले बताए। उमेर समूहको खेलाडीलाई प्रोत्साहन गर्ने उद्दश्यका साथ विद्यालयस्तरको प्रतियोगिता गर्न लागेको उनले बताए। स्थानीय सरकार, नीजि क्षेत्रबाट समेत सहकार्यमा प्रतियोगिता गर्न सफल भएको उनले बताए। पछिल्लो दुई महिनामा सातै प्रदेशमा खेलकुद प्रतियोगिता गरिरहेको छ।
केन्द्रीय भलिबल विभागको आयोजनामा प्रमुख बुद्धिप्रसाद बश्यालले मदन स्मृति र मदन जयन्तीको अवसरमा यो वर्षको अन्तिम कार्यक्रम भएको उनले बताए। छात्रछात्रा गरी दुई विधामा हुने खेलको विजेता टिमले नगद ७० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।
यसैगरी उपविजेताले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, तृतीय टिमलाई नगद ३० हजार साथै सान्त्वना टिमलाई नगद १५ हजार रुपैयाँ,प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँ, कप तथा उत्कृष्ट विधाका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए।
आइतबारसम्म प्रतियोगितामा छात्रतर्फ २३ वटा तथा छात्रातर्फ १८ टिम नाम दर्ता भएका छन्। प्रत्येक टिममा २ जना राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधान राखिएको उनले बताए।

Leave a Reply