काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६५० रुपैयाँ रहेको छ । शुक्रबार छापावाला सुनकाे १ लाख ९ हजार ८ सय रुपैयाँ रहेकाे थियाे ।
त्यस्तै, अघिल्लो कारोबारका दिन शुक्रबार मात्रै प्रतितोला १ हाजर ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ ।

Leave a Reply