पोखरामा चट्याङ लागेर एकको मृत्यु

पोखरा । पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका—२३ हर्पनका ४९ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएराति साढे ११ बजेको समयमा ढुङ्गा माटोले बनेको एक तले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङ लागेको थियो ।

उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *