सेनिटाइजर जस्तै तरल पदार्थ सेवन गर्दा २ जनाको निधन, दुई घाइते

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए।

साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रनाउ जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *