मार्सल आइसल्यान्ड बन्यो नेपालको कूटनीतिक सम्बन्ध भएको १८१ औं मुलुक

काठमाडौं । नेपाल र मार्सल आइसल्यान्ड बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

आजै नेपालका संयुक्त राष्ट्रसंघ प्रतिनिधि अमृत राई र मार्सल आइसल्यान्डका समकक्षी बीचमा एक कूटनीतिक समझदारीमा हस्ताक्षर भएपछि नयाँ कूटनीतिक सम्बन्ध बनेको हो।

आजै न्यू योर्कमा दुई देशको सम्बन्ध स्थापनामा हस्ताक्षर भएको नेपालको संयुक्त राष्ट्रसंघ मिसनले जानकारी दिएको छ। हिजो मात्रै नेपाल र क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। संयुक्त राष्ट्रसंघका १९३ सदस्यमा नेपालले अब सम्बन्ध स्थापना गर्न १२ देश बाँकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *