सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा खोलाले बगाउँदा एकजना किशोरीको मृत्युु भएको छ ।
शुक्रबार गाउँपालिका-४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
कठायत घट्ट पिस्न गएर घर फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply