विराटनगर । ओखलढुंगाको चम्पादेवी गाउँपालिका- ८ विलन्दुमा पहिरोमा पुरिएर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ । बिहीबार रातिको पहिरोले ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी श्रीमती शिवमायाको मृत्यु भएको प्रहरीले बताएको छ । १८ महिने छोरी कृतिका र १० वर्षका छोरा दिनेश बेपत्ता भएका छन् ।

पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिङ गुरुङको घर पनि पुरेको छ । उनीहरूले भागेर ज्यान बचाएका छन् । पहिरो गएको स्थान ओखलढंगा बजारबाट एक दिन पैदल टाढा पर्छ ।

Leave a Reply