काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको अन्तरिम आदेश खारेजको युवाहरूले स्वागत गरेका छन् ।
हिजोअस्ति प्रमाणीकरण कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशको विरोधमा दिनहुँ आन्दोलन गरिरहेका युवाहरूले सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता नदिने भनेसँगै माइतीघरमा युवाले खुशीयाली मनाएका हुन् ।

विशेषगरी तराईमधेशका नागरिकताविहीन युवाहरूले माइतीघरमा नेपाली नागरिकता माग गर्दै आन्दोलन गरिरहेका थिए ।
आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनको लागि बाटो खुलेको छ ।


Leave a Reply