काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काठमाडौँमा विद्युतको तार भुमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अप्ठयारो व्यहोर्नुपर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको बताएका हुन् ।
खानेपानीको पनि भूमिगत गर्ने काम भइरहेको भन्दै प्राधिकरणले तार भूमिगत गरिसकेपछि खानेपानीको काम नसकिएसम्म सडक पिच गर्न नसकिने उनकाे भनाइ छ । प्नबन्ध निर्देशक घिसिङले एनजिओ आइएनजिओहरुलाई विद्युत प्रशारण लाइन बनाउन दिनु नहुने बताए । त्यस्तै एउटा प्रशारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष समय लाग्ने भन्दै ढिलो नहुने कानूनी व्यवस्था गर्न सांसदहरुलाई ध्यानाकर्षण गराए ।
उनले भने,‘भूमिगत हामीले गरिरहेका छौँ । अलिकति काठमाडौंमा तारमा मात्रै होइन खानेपानीको पनि धेरै भूमिगत कामहरु भइरहेको छ । हामीले गरिसकेपछि खानेपानीको नसकिएसम्म त्यसलाई पिच गर्नसक्ने स्थिति छैन ।सबैको समन्वय भएन भने यो प्रोजेक्ट सम्पन्न गर्न गाह्रो छ । अलिकति राम्रो देख्नका लागि दुई, चार महिना अपm्ठ्यारो पनि व्यहोर्नुपर्ने स्थिति म देख्छु । अर्को कुरा, एनजिओ, आइएनजिओहरुको कारणले नेपालमा प्रशारण लाइन बनाउनु हुँदैन । एउटा प्रशारण लाइनको क्याबिनेटबाट स्वीकृत भएपछि कटान आदेश आउन पाँच वर्ष लाग्छ ।’
उनले देशभरीको विद्युतका पोल सार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पोल सार्न मात्रै प्राधिकरणलाई ५० अर्ब रुपैयाँ चाहिने बताए ।

Leave a Reply