रास्वपा मुख्यालयमा पुगेर प्रचण्डले बजाए घण्टी, अरु को-को सहभागी भए ? (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पुगेका छन् ।

रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय पुगेर प्रधानमन्त्री प्रचण्डले घण्टी बजाएका छन् ।

चियापान कार्यक्रममा प्रधानमन्त्रीसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, कांग्रेस उपसभापति धनराज गुरुङ, नेता रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा, जनमत अध्यक्ष सीके राउतलगायत सहभागी छन् ।

यस्तै, राप्रपाका नेता पशुपति सम्शेर राणा, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, लोसपाको अध्यक्ष महन्थ ठाकुर, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहसहितका नेताहरु सहभागी छन् ।

 

Comments

One response to “रास्वपा मुख्यालयमा पुगेर प्रचण्डले बजाए घण्टी, अरु को-को सहभागी भए ? (तस्बिरहरु)”

  1. रत्न बहादुर पौडेल Avatar
    रत्न बहादुर पौडेल

    जय घण्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *