विपद व्यवस्थापनका लागि गृह मन्त्रालयका सहसचिव पन्थको नेतृत्वमा ‘कमाण्ड पोष्ट’ गठन

काठमाडौं । गृह मन्त्रालयले मनसुन अवधिका लागि सहसचिवको नेतृत्वमा ‘कमाण्ड पोष्ठ’ गठन गरेको छ ।

मन्त्रालयका सहसचिव एवम विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्थको नेतृत्वमा मनसुन अवधिका लागि ‘कमाण्ड पोष्ट’ गठन गरिएको उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका हुन् ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकमा सहभागि उपप्रधान एवम गृहमन्त्री श्रेष्ठले भने, ‘प्रतिकार्य योजनासँगै हामीले एउटा स्टयाण्डबाई मेकानिजम बनाएका छौ गृह मन्त्रालयमा ।

सहसचिवकै नेतृत्वमा मनसुन अवधिमा लागि कमाण्ड पोष्ट गठन गरिएको छ ।’ कमाण्ड पोष्टमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि, सबै सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्राधिकरणका प्रतिनिधि रहेका छ्न ।

त्यसैगरी गृह मन्त्रालयले सुरक्षा निकायलाई सबैतिर परिचालन गर्नका लागि तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालय र जिल्ला स्तरीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिएको उपप्रधान एवम गहृमन्त्री श्रेष्ठले बैठकमा जानकारी गराए । उनले भने, ‘हरेक सुरक्षाले निकायले यस सम्बन्धमा आ-आफ्नो टिम जिल्ला-जिल्लामा तयार गरेर राखेको छ ।’

यस्तै उहाँले मुलकभरका ११ वटा स्थानमा मानवीय सहायता उपलब्ध गराउनका लागि मानवीय सहायता स्थल आपतकालिन भण्डारणको स्थापना गरिएको जानकारी गराए ।

उनले भने, ‘यसलाई विस्तार गर्दै लगिने छ । अहिले २३ वटा दुई प्रकारका डुंगा पनि तयारी अवस्थामा राखिएको छ । त्यसैगरी हामीले आवश्यक पर्ने खोज र उद्दारका सामग्रीमा सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्र, अग्नि नियन्त्रण लुगा लगायका सामग्री खरिद गरेर विभिन्न जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायलाई पठाइसकिएको छ ।’

हवाई उद्दारका लागि ५ वटा हेलिकोप्टर तयारी अवस्थामामा

उपप्रधान एवम गृहमन्त्री श्रेष्ठले हवाई उद्दारका लागि ५ वटा हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको जानकारी गराएका छन् ।

उनले भने, ‘हवाई उद्दारका लागि नेपाली सेनाले कोशी र मधेश प्रदेशका लागि इटहरीमा एउटा, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एउटा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका लागि एउटा हेलिकोप्टर गरेर तीन वटा हेलिकोप्टर एवम एमआई वान सेभेन स्काई ट्रक एक र सानो एउटा हेलिकोप्टर काठमाडौंमा तयारी अवस्थामा राखिएको छ । अझै अर्को एउटा एमआई सेभेनटिन र स्काई ट्रक भरतपुरमा थप्ने योजना बनाइराखेका छौ ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरेर तीन वटै सुरक्षा निकायले ७७ वटै जिल्लामा मनसुनजन्य विपद् जोखिम न्यूनिकरण तथा राहत तथा उद्धारसम्बन्धी तालिम लिएर प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको पनि उपप्रधान एवम गृहमन्त्री श्रेष्ठले जानकारी गराए ।

उनका अनुसार सुरक्षा निकाय, सडक डिभिजन, जलस्रोत, सिंचाई लगायत सबै निकायसँग आवश्यक उपकरण तथा सामग्रीको तयारी अवस्थामा राखिएको छ ।

गृह मन्त्रालयले तीन तरिकाले काम गर्ने योजना अघि सारेको पनि उपप्रधान एवम गृहमन्त्री श्रेष्ठले जानकारी गराए । जसमा तत्काल मानवीय खोजी तथा उद्दार कार्य गर्ने, दोस्रो तत्काल स्थानान्तरण गर्ने र तेस्रो खाद्यान्न र खानेपानी पनि नपाउने अवस्था भएमा तत्काल राहत उपलब्ध गराउने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *