माओवादीको सर्कुलर- निर्वाचनको अन्तर्घातदेखि आठौँ महाधिवेशनको हिसाब फर्छ्यौट गर्नू

काठमाडौं । नेकपा माओवादी केन्द्रले मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमार्फत सर्कुलर पठाएको हो।

सर्कुलरमा पार्टी केन्द्रीय समितिको बैठक असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादी, काठमाडौंमा आयोजना गरिएको उल्लेख छ।

बैठकमा केन्द्रीय सदस्य, तीन वटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ।

सर्कुलरमा २ महिने अभियानको समग्र समीक्षासहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सबै प्रदेशहरुमा अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउन, तीनै तहमा सम्पन्न निर्वाचनको घात अन्तर्घात र कमीकमजोरीहरू भए त्यसको समेत लिखित प्रतिवेदन पठाउन भनेको छ।

केन्द्रीय सदस्य, केन्द्रीय विभागका प्रमुखहरू, मोर्चाका फ्याक्सन इञ्चार्जलगायतले असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।

पार्टीले लेवी बुझाउन बाँकी रहेकाका हकमा सबै केन्द्रीय सदस्य र प्रदेशहरूले बुझाउनु पर्ने २० प्रतिशत लेवी र २०७८ पौषमा सम्पन्न भएको आठौँ महाधिवेशनको हिसाब फर्छ्यौट गर्न बाँकी रहेका प्रदेशहरूले समेत आगामी केन्द्रीय समितिको बैठक अगावै अनिवार्य रूपमा हिसाब मिलान गरी फर्छ्यौट गर्न भनेका छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *