हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगर-१५ स्थित रातोमाटेबाट खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी-४ बस्ने १७ वर्षीय धिरज कुमार र बाराका १४ वर्षीय विष्णु कुमार रहेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
बुधवार पथलैयाबाट हेटौँडा आउँदै गरेको ना.१ ज ८६८८ नम्बरको माइक्रोलाई चेक जाँच गर्दा माइक्रोमा सवार धिरजको साथबाट अन्दाजी ५/६ ग्राम खैरो हिरोइन बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply