घण्टीघरमा उभिएर रवि लामिछानेले भने- पहिलो वर्ष सौहार्दपूर्ण रह्यो, जनताले परिवर्तन मतपत्रबाट जाहेर गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको पहिलो वर्ष जनताले आशा र भरोसाका साथ हेरेको पाएको बताएका छन्।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजले परिवर्तन खोजेको छ भन्ने कुरा मतपत्रबाट जाहेर भइसकेको बताए।

उनले भने, ‘हाम्रो भाषामा भन्नुपर्दा समाज परिवर्तनको घण्टी बजिसकेको छ। पहिलो वर्ष सौहार्दपूर्ण रह्यो। सकारात्मक रूपमा हेरेका छौँ।’

उनले विचार र नीति जनतासम्म पुर्‍याउन चुनौती रहेको बताउँदै स्थानीय तहको निर्वाचनबाट जनतासम्म पुगेको बताए। संगठन विस्तार गर्दै आफूहरूले चाहेकोजस्तो नेतृत्व तय गर्ने बताए।

आन्तरिक लोकतन्त्रबाट पार्टी नेतृत्व तय हुने बताए। पार्टीमा क्षमतावान् साथीहरू जोडिएकाले अहिलेको चुनौती पार गर्ने विश्वास व्यक्त गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *