समाजवादी मोर्चाबारे उपेन्द्र- जोसुकैसँग एकता हुनसक्छ तर सबै एउटै पार्टी बन्दैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा भएको जुनसुकै दलबीच पार्टी एकता हुनसक्ने बताएका छन्।

पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबै दलबीच एकता हुने कुरामा सत्यता नभएको जिकिर गरे।

उनले भने, ‘यो मोर्चामा भएको कुनै दल अर्को कुनैसँग एकता हुनसक्छ। तर, यो मोर्चा नै एउटै पार्टी बन्छ भन्ने आँकलन कसैकसैले गरेका छन्। त्यो गलत हो। पार्टीहरूको अलग अलग अस्तित्व रहन्छन्। घोषित साझा विषयमा सहकार्य हुन्छ। बाँकी पार्टी स्वतन्त्र रूपले आफ्नो काम गर्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *