प्रक्रिया नपुगेको भन्दै चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्तामा सुनुवाइ अस्वीकार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेमाथिको मुद्दा फिर्ताविरुद्धको सुनुवाइ गर्न अस्वीकार गरेको छ ।

अदालतले प्रकृया नपुर्‍याइ ल्याएको भन्दै सुनुवाइ अस्वीकार गरेको हो । सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा निवेदन दिएको थियो । न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा ल्याइएको भन्दै सुनुवाइ गर्न मानेनन् । निवेदनलाई पेशीमा चढाएर ल्याउन आदेश दिइएको छ ।

चलाउनेलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा लगाइएको थियो । नेपाली कांग्रेसनिकट नेविसंघका कार्यकर्ताले आक्रमण गर्दा चलाउने गम्भीर घाइते भएका थिए । आफूलाई आक्रमण गर्नेमाथिको मुद्दा सरकारले फिर्ता लिएको भन्दै चलाउने यतिबेला आन्दोलित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *