रवि लामिछानेले भने- जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ हुँदैन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नहुने बताएका छन्।

भरतपुर महानगरपालिका १२ कालिका टोलमा आयोजित कार्यक्रममा बोल्दै जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो हुने बताए।

उनले भने, ‘विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ। पार्टीका कार्यकर्तालाई झन्डा बोकेर नभई आम नागरिक बनेर जनताको सेवक बन्नुपर्छ।’

उनले आफ्नो आगामी पाँच वर्षमा धेरै काम गर्ने जिकिर गरे। भोट हालेको र नहालेकै आधारमा जनतालाई विभेद नगर्ने प्रष्ट्याए।

उनले आश्वासनभन्दा पनि आवश्यकता हेरेर विकास निर्माणलाई अगाडि बढाउने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *