ब्लड क्यान्सरबाट पीडित १० वर्षीय बालकलाई तरुणदलको आर्थिक सहयोग

काठमाडौं । नेपाल तरुण दल काभ्रेले ब्लड क्यान्सरपीडित बालकलाई आर्थिक सहयोग गरेको छ ।

तरुण दलले काभ्रेको तेमाल गाउँपालिका- ७ चापाखोरी कुरुवासका अनिल कुमार मोक्तान १० वर्षिय ब्लड क्यान्सरबाट पीडित छोरा अंकित कुमार मोक्तानलाई एक लाख ३० हजार रुपैयाँ सहयोग गरेको हो ।

सिभिल अस्पताल मिनभवनमा उपचाररत मोक्तानलाई जिल्ला अध्यक्ष सुजन लामाको सहजीकरणमा तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज अस्पतालमा गएर एक लाख ३० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै पीडितको बुवालाई अध्यक्ष गुरुङले नआत्तिन आग्रह गर्दै नेपाल सरकार र अस्पताल प्रशासनलाई पनि उपचारमा सहयोगको लागि पहल गर्ने र देशभरिको तरुणहरुलाई पनि आग्रह गरिने बताए ।

करिव छ महिना पाटन अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता नलागेपछि दुई महिना अगाडि सिभिल अस्पतालमा छोरा उपचार गर्न ल्याउँदा ब्लड क्यान्सर भएको थाहा पाएर उपचार गराइरहेको बुवा अनिलले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *