विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा शनिबार राति आएको बाढी र पहिरोको स्थलगत निरीक्षणका लागि खानेपानी सिँचाइ तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्यांवो सहितको टोल घटना स्थलतर्फ गएको छ ।
ताप्लेजुङ पाँचथर र संखुवासभामा बाढी र पहिरोले पुर्याएको क्षति र प्रभाव मूल्याङ्कनका लागि गएको टोलीमा तीनवटै सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरू समेत सहभागी छन् ।
बाढी र पहिरोले पुर्याएको क्षति र राहतको लागि प्रभाव मूल्याङ्कन गर्न घटनास्थल तर्फ गएको टोलीमा प्रदेश सभा सदस्य विदुर लिङ्थेप समेत छन् ।
टोलीमा नेपाली सेनाका पृतनापति र नेपाल प्रहरीका डिआइजी राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी बलका बलका डी आइ जी अन्जनी कुमार पोख्रेलसमेत सहभागी छन् । घटनास्थलमा पुगेपछि राहतका लागि सरकारले निर्णय गरिने मन्त्री मेन्यांवोले बताए ।

Leave a Reply