अष्ट्रेलियामा जुटे नेपालीहरू प्लाज्मा तथा रक्तदान

रुपन्देही ।अष्ट्रेलियामा रहेका नेपालीहरु कर्मथलोका विभिन्न सामाजिक काममा सक्रिय सहभागी भइरहेका छन् । उनीहरु नेपाली समुदायका लागि मात्र हैन अष्ट्रेलिया सरकारका विभिन्न कार्यक्रममा समेत सामाजिक कार्यमार्फत सहयोग गरिरहेका छन् ।

प्राकृतिक विपदका कारण रगत अभाव नहोस् भन्ने उद्देश्य राखेर नेप्लिज ब्लड डोनर्स एसोशियन अष्ट्रेलियाले नियमित रूपमा रगत तथा प्लाज्मा दान कार्यक्रम आयोजना गरेको छ ।

रगत तथा प्लाज्मा दान गरौ जीवन बचाउने कार्यमा हातेमालो गरौ भन्ने नाराका साथ लाइफ ब्लड सेन्टर, टाउनहलमा सिडनीमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक एवम् एसोसियनका उपाध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिए ।

अष्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ती गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने र जो कोहि पनि इच्छुकले पनि आफ्नो पाएक पर्ने ब्लड सेन्टरमा गएर निरन्तर रुपमा रक्तदान गर्न सकिने अध्यक्ष भुपाल सिटौलाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *