नागरिकताविहीनले श्रृखलाबद्ध रूपमा आत्महत्या गर्न थाले, दलभन्दा माथि उठौँ : सांसद खान (भिडिओ)

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकता विहीनहरूले श्रृखलाबद्ध रूपमा आत्महत्या गर्न थालेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दलभन्दा माथि उठेर नागरिकताको समस्या समाधान गर्न एकजुट हुन आग्रह गरे।

उनले भने, ‘१ गते सुनसरीका हरिनारायण मण्डले नागरिकताको सिफारिस माग्दा वडा कार्यालयबाट अपशब्द प्रयोग गरेको कारण आत्महत्या गरेँ। २ गते मोरङका चन्द्र झाका २२ वर्षीय छोरा निरजकुमार झाले बाबुको जन्मसिद्ध नागरिकता र आमाको वंशजको नागरिकता हुँदा हुँदै पनि नागरिकता नपाएर आत्महत्या गरे।’

उनले जनता नरहे कसमाथि केको लागि राजनीति गर्ने भन्दै प्रश्न गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *