अमेरिकी सेनाले अफगानिस्तान छोडेको दिनलाई तालिवानले राष्ट्रिय बिदा दिने

काठमाडौँ । अफगानिस्तानबाट अमेरिकी सेना पराजित भएर फर्किएको दिनलाई तालिवानले राष्ट्रिय बिदा दिने भएको छ।

अब हरेक अगस्ट ३१ लाई राष्ट्रिय बिदा दिने तालिवान सरकारले बिदा दिने घोषणा गरेको छ। रुसी सरकारी मिडिया आरटीका अनुसार तालिवानले अमेरिकी दूतावास अगाडि जुलुस समेत गर्ने छन् ।

तालिवान सरकारको आधिकारिक वेबसाइटमा बिदाको जानकारी दिइएको आरटीले उल्लेख गरेको छ।

अमेरिकी सेना सन २०२१ को अगस्ट ३१ मा अफगानबाट बाहिरिएको थियो। सोही दिन तालिवानले काबुल कब्जा गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *