रुपन्देही । रुपन्देहीबाट पाल्पाको तिनाउ ३ मा सिद्धबाबा अवस्थित तिनाउ खोलाको विद्युत् ड्याममा पौडिन गएका एक युवाको डुबेर मृत्यु भएको छ ।
गुल्मी जिल्ला सत्यवती गाउँपालिका-७ घर भई रुपन्देहीको तिलोत्तमा बस्ने १८ वर्षीय अभिशेख परियारको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारीअनुसार रुपन्देहीको तिलोत्तमा-३ ड्राइभर टोलमा कोठा गर्ने बस्ने अभिशेख शनिवार दिउँसो नुहाउन भन्दै तिनाउ खोलाको ड्याममा गएका थिए ।
अचानक खोलामा बेपत्ता भएपछि दोभान प्रहरी चौकीमा खबर गरिएको थियो ।
उद्धारका लागि गएको प्रहरीले टोलीले फेला पारी बुटवलका लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave a Reply