विमल नेपालको ‘पीपला’ सार्वजनिक

काठमाडौं । सिन्धुपाल्चोक हुँदै काठमाडौंलाई पत्रकारिताको मुकाम बनाएका लेखक विमल नेपालले ‘पीपला’ उपन्यास सार्वजनिक गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा पुस्तक सार्वजनिक भएको हो। पुस्तक सार्वजनिक समारोहमा लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारीले बोलेका थिए। कार्यक्रममा बोल्दै लेखक पाण्डेले नेपालको उपन्यास युद्ध साहित्यको एक महत्त्वपूर्ण ग्रन्थ हुनसक्ने बताए ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको छ। लेखक नेपालले आफ्नो पुस्तक धेरै राम्रो नभए अनि झुर भने नभएको भन्दै सबैलाई पढेर प्रतिक्रिया दिन आग्रह गरे।

पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताए।

उनले भने, ‘पोहोर हर्टअट्याक हुँदा किताब आउँदैन जस्तो लागेको थियो। तर, बाचियो र किताब आयो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *