प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्की शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशको शपथ गराएका हुन्।

शपथ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी थिए। कार्कीलाई आजै बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

यसअघि नै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । कार्की साउन १९ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *