बढ्यो आन्तरिक राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले जेठ सम्म ४ खर्ब ८ अर्ब ६४ करोड रुपैयाँ राजस्व उठाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा केही कम हो ।

गत वर्ष जेठसम्म सरकारले आन्तरिक राजस्व ४ खर्ब १० अर्ब उठाएको थियो । ११ महिनामा आयकरबाट मात्र १ खर्ब ७० अर्ब ४२ करोड रुपैयाँ उठाएको छ । गत वर्षको ११ महिनामा १ खर्ब ८२ अर्ब रुपैयाँ आयकर उठाएको थियो ।

यद्यपि गत वर्षको जेठ महिनालाई मात्र आधार मान्ने हो भने यसपटकको जेठमा भने बढी राजस्व संकलन भएको छ । यो पटक ३६ अर्ब ९९ करोड ६९ लाख रुपैयाँ आन्तरिक राजस्व उठेको छ । गत वर्ष ३२ अर्ब १० करोड उठेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *