काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको बताइन्।
उनले भनिन्, ‘आवश्यताको आधारमा भन्दा बढी बिन अध्ययन, बिन सर्वे बजेट विनियोजना भएको छ। हुँदै नभएको स्थानको सिर्जना गरेर समेत बजेट विनियोजन गरिएको छ। यो रातो किताबमा काठमाडौं ३३ को खहरे मुलपानी। तत्कालीन समयमा काठमाडौं ३५ थियो होला। तर, संविधान जारी भएर दुईवटा निर्वाचन भइसक्यो। अझै पनि काठमाडौं ३५ कहाँबाट आयो।’
हुँदै नभएको ठाउँमा बजेट विनियोजन गर्ने र प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिने काम गरेकोमा आफूलाई चित्त नबुझेको बताइन्। बजेट पहुँचको आधारमा मात्रै विनियोजन गरिएको, भौतिक पूर्वाधारको विकास गर्दा प्राकृतिक सौन्दर्यको ध्यान दिन नसकेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन्।

Leave a Reply