पोखरा । गण्डकी प्रदेश सरकारले बाँदर प्रभावित क्षेत्रमा घाँसखेतीका लागि बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेमगरले बाँदर प्रभावित क्षेत्रमा घाँसखेतीको लागि १ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेका हुन् ।
प्रदेश सरकारले एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ । सो कार्यक्रमका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक मामिलामन्त्रीले २ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । प्रदेश सरकारले क्यान्सर पीडित बिरामीले सरकारबाट एक लाखसम्मको नगद सहयोग पाउने बताएका हुन् । सरकारले बजेटमार्फत क्यान्सरपीडितलाई अनुदान वितरण गर्न २ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री आलेले बताए ।
बजेटले शीत भण्डार स्थापनालाई प्रोत्साहन गर्न ४ करोड ५० लाख रुपैयाँ अनुदान घोषणा गरेको छ । प्रदेश सरकारले कृषि, पशुपंक्षी तथा खाद्य विकास कार्यक्रम सञ्चालन गर्दै उत्पादनमा आधारित अनुदानको लागि ७ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

Leave a Reply