काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले मगर समुदायको प्रतिनिधिहरुलाई उचित स्थान दिएको दाबी गरेका छन् ।
खुलामञ्चमा आयोजित भूम्य पर्व २०८० का अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मगर एकता, राष्ट्रिय एकताको पक्षमा रहेको बताए ।
उनले भने, ‘मैले जतिबेला मौका पाएँ, देशको उपराष्ट्रपतिमा नन्दबहादुर पुन मगरलाई प्रस्तावित गरेको हो । सभामुख जस्तो पदमा मगर जातिको महिलालाई पनि मैले नै प्रस्ताव गरेको हो । गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री मैले नै प्रस्ताव गरेको हो र सफल अर्थमन्त्रीको रुपमा वर्षमान पुनलाई अगाडि सारेर मगरहरुले गरेको योगदानको सम्मान गरेको छु। उहाँ आजैमात्र उपचार गरेर फर्किनुभएको छ ।’
सबै क्षेत्रको जनताको त्याग, तपस्या र बलिदानको कारणले नै अहिले यहाँसम्म आइपुगेको बताए ।
उनले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । हामीले केही अधिकारको उपयोग गरेका छौं । अझै धेरै अधिकारको लागि प्रयासरत छौं । सबै जातजाति र भाषभाषीमध्ये मगर युवा र जनताको त्याग नभएको भए अहिले हामी आइपुग्ने थिएनौं ।’

Leave a Reply