शिवशिखर र इमेज सहकारीविरुद्ध उजुरी दिन कास्की प्रहरीको आग्रह

पोखरा । शिव शिखर बहुउद्देश्यीय र ईमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

कास्की प्रहरीले सूचना निकालेर सहकारी संस्थाका पदाधिकारीहरूले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो।

सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाणको सक्कल साथमा लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । ‘सप्रमाणसहित उजुरी दिन आउने क्रम सुरु भएको छ, केहीले उजुरी दिनुभएको छ, केही उजुरी दिने क्रममा हुनुहुन्छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले भने ।

शिव शिखर बहुउद्देश्यीय सहकारीको कार्यालय पोखरा महानगरपालिका ५ पस्र्याङ र वडा नम्बर १४ चाउथे र ईमेज वचत तथा ऋण सहकारीको कार्यालय पोखरा महानगरपालिका ८, सिमलचौर रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *