समाजवादी मोर्चामा एमालेको सम्भावनाबारे जगन्नाथ भन्छन्- कति समय एक्लै बस्न सक्ला र ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले एमालेलाई समाजवादी मोर्चामा सामेल गराउने विषयमा कुनै छलफल नभएको बताएका छन् ।

पार्टी पदाधिकारी र सचिवालयको बैठकपछि उनले भने, ‘एमालेसँग कुनै छलफल भएको छैन । अरु सबै समाजवादी शक्तिहरू एकैतिर केन्द्रिकृत भइरहे भने एमाले पनि एक्लै बस्न सक्ला नसक्ला पर्खेर हेर्नुपर्छ ।’

समाजवादी मोर्चाको विषयमा पार्टीभित्र कुनै विमति नरहेको उनले जिकिर गरे । उनले वामपन्थीहरूलाई एकैठाउँमा उभ्याएर समाजवादको पक्षमा वकालन गर्ने, समाजवादी अर्थमन्त्री निर्माणको जग बनाउनको लागि सरकारलाई प्रभावकारी बनाउनु मोर्चा बनाउन लागेको बताए ।

मोर्चामा आफ्नो पार्टीसहित माओवादी र जसपा निश्चित भइसकेको उल्लेख गर्दै विप्लवसहित अन्य दलहरू पनि सहभागीको कोसिसमा रहेको बताए ।

Comments

3 responses to “समाजवादी मोर्चामा एमालेको सम्भावनाबारे जगन्नाथ भन्छन्- कति समय एक्लै बस्न सक्ला र ? (भिडिओ)”

  1. Sushil Bhattarai Avatar
    Sushil Bhattarai

    Have we fulfilled the requirements of new democracy? Have we really been sovereign? Are we not under the shadow of foreign power-center?

  2. समीर Avatar
    समीर

    शुन्यमा शुन्य जोडे पनि गुणा गरे पनि परिणाम शून्यनै हो। तिम्रो मोर्चा आफै चलाउ एमाले किन शून्यमा जाने ? तिम्रा ८०% कार्यकर्ता आउने घर एमाले हो। तिमी लाई चाहीं प्रवेश निशेध छ ।

  3. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    देश लुट्न समाजवादी केन्द्र बनेको हो कुनै भिजन मिसन नभएको बहुरूपीहरू एक भए छन् कतिदिन टिक्छन हेरौ खवरदार बरू चुनाव हार्न तयार हुनुपर्छ एमाले गलत शक्ति सग मिल्नु हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *