केही दलले निर्णय गरिनसकेकाले आज समाजवादी मोर्चा घोषणा नहुने

काठमाडौं । आज समाजवादी मोर्चाको घोषणाको तयारी गरिएकोमा सहभागिताका लागि केही दलले नटुंग्याएका कारण केही दिन ढिला हुने भएकाे छ ।

यहीबीचमा आज बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आज मोर्चा घोषणा हुन नसक्ने बताए ।

उनले भने, ‘हामीले एक वर्षअघि नै पहल गर्दै आइरहेका छौं । मोर्चा घोषणा गर्न केही दिन लाग्ने देखियो । हामीले टुंगाइसकेका छौं । अन्य दलले नटुंग्याउँदा आज घोषणा हुन नसक्ने देखियो । चाँडै घोषणा गर्ने ठाउँमा दलहरुमा छलफल भइसक्यो । यसलाई अगाडि बढाउने निर्णय पार्टीबाट सर्वसम्मत निर्णय गरेका छौं ।’

प्रदेश र जिल्लाहरूमा पनि मोर्चाको संयन्त्र बन्नसक्ने बताए । पार्टी एकताको लागि मोर्चा नबनेको प्रष्ट्याउँदै पछि कहाँसम्म पुगिन्छ भन्न नसक्ने बताए ।

‘अहिले माओवादी, नेकपा एस, जसपाले पहिले नै निर्णय गरेका हौं । विप्लवको नेकपा पनि छलफलमा छ । अन्य दलसँग अन्तिम गृहकार्य भइसकेको छैन । गृहकार्य सकेर केही दिनै घोषणा हुन्छ’, उनले भने ।

Comments

One response to “केही दलले निर्णय गरिनसकेकाले आज समाजवादी मोर्चा घोषणा नहुने”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    उज्जैनको महाकालेश्वरहुँदै पशुपतिनाथ पुगेर प्रचण्ड पथबाट धर्मपथको यात्रा सुरू गरेका पुष्पकमल दाहाल, ईर्ष्याले जलेर चाउरिएका माधव नेपाल, मधेशवादबाट जातिवादमा रमाउन थालेका उपेन्द्र यादव, माओवादबाट दक्षिणपन्थी अवसरवादमा पादार्पर्ण गरेका डा. बाबुराम भट्टराई, एकिकृत जनक्रान्तिबाट थाकेका विप्लव अनि एकता अभियानको नाममा विभाजनमा रमाउने वामदेव गौतमहरूको संयुक्त यात्रा पशुपतिको जात्रा सिद्राको व्यापार जस्तै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *