रुपन्देही । लुम्बिनी प्रदेशका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिइने भएको छ । आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले भुम्या पर्वको अवसरमा रोल्पा, रुकुम र दाङमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०८० जेठ ३२ को निर्णयअनुसार भुम्या पर्वको अवसरमा यही २०८० असार १ गतेका दिन रोल्पा, रूकुम र दाङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।


Leave a Reply