काठमाडौं । वर्षा सिवाकोटी अभिनित चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । छायांकनको लागि लोमान बालेर धुवाँ निकाल्न खोज्दा उक्त आगलागी भएको हो ।
नृत्य छायांकनको क्रममा बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा आगलागी भएको हो । आगलागी हुने समय अभिनेत्री वर्षा सिवाकोटी र १०० जना कोरसको नृत्य छायांकन भइरहेको थियो ।
कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका थिए । सेटमा आगो लागेपछि अहिले निभाउने कार्य भईरहेको छ । आगलागीबारे विस्तृत विवरण भने आइसकेको छैन ।

Leave a Reply