प्रेम आलेलाई सुदन किरातीको चेतावनी- बारुदको पहाडमा उभिएर सलाई नखेलाउनू

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेलाई बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो भन्दै चेतावनी दिएका छन् ।

पूर्वपर्यटनमन्त्री आलेले सदनमा किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि उनले चेतावनीपूर्वक जवाफ फर्काएका हुन् ।

किरातीले फेसबुकमा लेखेका छन्, ‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू ।’

यो पनि पढ्नुस् : सुदन किरातीलाई स्टन्ट मन्त्री भन्दै आलेको आरोप- भ्रष्टाचारी र पशुपतिनाथको ढुकुटी फोर्नेको संरक्षण गरे (भिडिओ)

उनले आफू देश र जनताको लागि राम्रो काम गर्नमात्रै जानेको बताएका छन् ।